कार्की र शाह निधिको प्यानलबाट पदाधिकारीमा उठ्ने

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको पक्षबाट कांग्रेसका पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेश सभा सदस्य दिव्येश्वरी शाहले पदाधिकारीमा उम्मेदवारी दिने भएका छन् ।

कार्की र शाहको उम्मेदवारी कुन पदमा हुने भन्नेबारे छिट्टै निर्णय हुने निधिको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूर्वमहामन्त्री पनि हुन् । २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्व स्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन् ।

कैलालीकी शाह २०४७ को मदिरा विरोधी आन्दोलनको अभियन्तासमेत हुन् । शाह २०१५ सालका सांसद लोकेन्द्र शाहकी छोरी हुन् भने नेपाली कांग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाहकी दिदी हुन् । उनी नेपाल महिला संघ कैलालीको संस्थापक अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *