हामी ज्वालामुखीजस्तै बन्न नपराेस् : ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूको मागमुद्दाबारे सरकारले ध्यान दिनुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

लामो समययता संविधान संशोधनलगायतका विषयहरूमा सुधार खोज्दै आएको लोसपाले पुनः आफ्नो मागमुद्दाबारे दाेहाेर्‍याएकाे हाे । उनले आफूहरूको मागकाे सम्बाेधन नभए कठोर बन्ने चेतावनी दिए । ‘नत्र हामी ज्वालामुखीजस्तै विस्फाेट हुन बाध्य हुन्छौँ । सडकमा बीसौँ लाखको संख्यामा उत्रन बाध्य हुन्छौँ । यस्तो नहोस् । सरकारले यसतर्फ सोचोस्,’ अध्यक्ष ठाकुरले भनेका छन् ।

उनले पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीलाई भने धन्यवाद दिए । ओली प्रधान मन्त्री हुँदा तत्कालीन जसपाका करिब १४० जना नेता तथा कार्यकर्ताहरूलाई रिहा गरिदिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *