महाधिवेशनमा वैचारिक छलफल गराैँ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा वैचारिक छलफल हुनुपर्ने बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीसँग चारित्रिक कमजोरीहरू छन् । सैद्धान्तिक कमजोरीहरू छन् । यी कमजोरीहरूको समीक्षा गर्न आवश्यक छ । यी कुराहरू भए र यसअनुरूप अघि बढ्न सकियो भने मात्रै हाम्रो महाधिवेशन सफल भयो भनेर भन्न सकिन्छ,’ नेता पौडेलले भनेका छन् ।

नेता पौडेलले कांग्रेसको समाजवाद भनेकै निमुखालाई न्याय भएको बताए । यसमा कांग्रेस चुकेको उनको भनाइ थियो । ‘यी यावत् कुरामा कांग्रेस पनि चुक्यो । यसैकारण आज कांग्रेस कम्युनिष्टभन्दा पनि कमजोर बनेको छ । हामी चुनावमा ३०/३१ प्रतिशतमै सीमित हुनुपरेको छ । अब कांग्रेसले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बेला आएको छ,’ नेता पौडेलले भनेका छन् ।

नेता पाैडेल सभापतिका आकांक्षी पनि हुन् । उनले महाधिवेशनमा राजनीतिक खेल मात्रै नदेखाएर वैचारिक बहस तथा छलफल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *