म प्रधान मन्त्री भएको भोलिपल्टदेखि नै सबैले मुक्ति पाए : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि सबैले मुक्ति पाएकाे दाबी गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनलाई भृकुटीमण्डपबाट सम्बाेधन गर्दै उनले आफू प्रधान मन्त्री भएलगत्तै नागरिकले मुक्ति पाएको दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘म प्रधान मन्त्री हुनुअघि कस्तो डर त्रास थियो । म प्रधान मन्त्री भएको भोलिपल्टदेखि नै नागरिकले ओलीको त्रासबाट मुक्ति पाए । तानासाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *