महाधिवेशन सकिनासाथ निर्वाचनमा केन्द्रित हुन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले महाधिवेशन सकिनासाथ निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

काठमाडौँस्थित भृकुटीमण्डपमा भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी तयारीमा लाग्न आग्रह गरेका हुन् ।

‘यो महाधिवेशनपछि हामी लगत्तै तीनै तहको निर्वाचनमा जाँदैछौँ । अबका तीनै तहका निर्वाचनहरूमा नेपाली कांग्रेसलाई सुविधाजनक बहुमतमा स्थापित गराउनु हामी सबैको मुख्य अभिभारा हो‚’ उनले भने‚ ‘संवैधानिक र संसदीय मूल्य र मान्यतालाई स्थापित गराउँदै देशको विकास र समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्व मुलुकलाई अत्यावश्यक छ । त्यसैले काठमाडौँबाट फर्केलगत्तै आफ्नो वडा, गाउँ, क्षेत्र र जिल्लामा हामी अत्यन्तै सक्रिय रुपमा निर्वाचनको तयारीमा लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *