रमेश खरेलले गरे ‘नेपाल सुशासन पार्टी’ घोषणा

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् ।

देशमा कुशासन व्याप्त भएकाले त्यसमा सुधार गर्न आफूले पार्टी खोलेको बताउँदै पूर्व डिआईजी खरेलले देश सुहाउँदो र सुशासनलाई प्रमुख एजेन्डा बनाउँदै नव-गठित पार्टी अघि बढ्ने बताए ।

सेवा गर्नका लागि आफूले पार्टी खोलेको भन्दै उनले भने, ‘मैले साथीहरूलाई भनेको छु‚ सेवा गर्ने हो‚ मेवा खाने होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *