उपाधिको लागि माई नगरपालिका र मानेभञ्ज्याङबीच प्रतिस्पर्धा हुने

ईलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनलको खेलमा विजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् ।

सेमिफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो । पहिलो सेमिफाइनल खेलमा सुखानीको जीतको लागि दोस्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भए ।

मानेभञ्ज्याङको जीतका खेलको २०औँ मिनेट र इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दी म्याच सुराग घोषित भए ।

माईजोगमाई गाउँपालिका–१ नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागत रुपमा समेत खेलाडीहरुले पुरस्कार पाउनेछन् ।

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषद्ले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *