देउवाले कसरी मिलाउलान् महामन्त्रीका आकांक्षी ?

काठमाडौँ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् ।

तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ । सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो । यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको थियो ।

सिटौला भने महाधिवेशनमा उठ्ने विषयमा कुनै निर्णयमा पुगिसकेका छैनन् । उनलाई देउवाले आफ्नो समूहबाट उपसभापतिमा बस्न पटकपटक आग्रह गर्दै आइरहेका छन् । तर, उनी भने आफू बाहिरै बसेर सघाउने र आफ्नो टिमबाट युवाहरूलाई अघि बढाउने भन्ने मनस्थितिमा छन् । यद्यपि देउवा र सिटौला समूहबीच धेरैजसो स्थानमा तल्ला तहका अधिवेशनमा पनि सहकार्य भएको थियो ।

देउवाले कसरी मिलाउलान् आकांक्षी
देउवा-सिटौला सहकार्य भएसँगै अब सभापति देउवाले आफ्नो पक्षका आकांक्षालाई कसरी मनाउलान् भन्ने चासो बढेको छ । देउवा पक्षबाट विश्वप्रकाश शर्मा, बालकृष्ण खाण ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, र एनपी साउद महामन्त्रीका आकांक्षी छन् । यीमध्ये एकजना मात्र छान्नुपर्ने दबाब देउवालाई छ ।

किनभने दुई महामन्त्री पदमा सिटौला पक्षका प्रदीप पौडेललाई उम्मेदवार बनाउने सहमति भइसकेको छ । आकांक्षी नेताहरूलाई उपसभापति र सहमहामन्त्रीमा सेटल गर्न सकिने भए पनि नेताहरू पूर्णबहादुर खड्का, रमेश लेखकलगायतलाई पनि टिममा पार्न पर्ने दबाब छ । सिटौला देउवासँग सहकार्य गर्ने भएपछि प्रवक्ता शर्मा अर्को टिममा जानसक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

यो पनि : उम्मेदवार टुङ्ग्याउन पौडेल निवासमा बैठक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *