इंग्ल्यान्डमाथि अस्ट्रेलियाको फराकिलो जित

काठमाडाैँ । एसेस सिरिज अन्तर्गत बृसबेनमा भएको पहिलो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले इंग्ल्यान्डमाथि फराकिलो जित निकालेको छ । चौथो दिन इंग्ल्यान्डले अस्ट्रेलियालाई जितका लागि २० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य अस्ट्रेलियाले १ विकेट गुमाएर पुरा गरेको हो ।

९ विकेटको जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनाउन सफल भयो । चौथो दिन इंग्ल्यान्डले अस्ट्रेलियालाई जितका लागि २० रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङको चौथो दिन इंग्ल्यान्ड लगालग विकेट पतन हुँदा कमजोर लक्ष्य दिन सफल भयो । जवाफमा अस्ट्रेलियाले २० रनको सामान्य लक्ष्य १ विकेट गुमाएर पुरा गर्‍यो ।

अस्ट्रेलियाका लागि मार्कुस हेरिसले ९ रन बनाएर अविजित रहँदा ओपनर एलेक्स क्यारि ९ रनमा आउट भए । अस्ट्रेलियाले २ रन अतिरिक्त रनका रुपमा प्राप्त गरेको थियो । मार्नुस लबुसेन क्रिजमा आएपनि उनले १ बल पनि फेस गर्नु परेन ।

गावा टेस्टमा इंग्ल्यान्ड दोस्रो इनिङमा २९७ रनमा अलआउट भयो । त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड १४७ रनमा समेटिएको थियो । जवाफमा पहिलो इनिङमा अस्ट्रेलिया ४२५ रनमा समेटिएको थियो । दोस्रो इनिङमा इंग्ल्यान्डले तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २२० रन बनाउँदै राम्रो सुरुवात गरेपनि चौथो दिन थप ७७ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।

इंग्ल्यान्डका लागि कप्तान जो रुट र डेभिड मलानले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो दिन अविजित फर्किए । तर मलान चौथो दिन थप २ रन जोड्दा नाथन लियोनको बलमा आउट भए । त्यस्तै रुट पनि ३ रन जोड्दा क्यामरुन ग्रिनबाट आउट भए । त्यसपछि कुनैपनि ब्याटरहरु गतिलो सँग चल्न सकेनन् ।

इंग्ल्यान्डका लागि दोस्रो इनिङमा ओपनर हसिब हमिदलाई २७ तथा रोरि बर्नसलाई १३ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका डेभिड मलान र जो रुटले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरे । मलान ८२ रनमा आउट हुँदा रुट ८९ रनमा आउट भए । यि दुईले तेस्रो विकेटका लागि १६२ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका लागि नाथन लियोनले ४ विकेट लिए । उनले ४०० औ टेस्ट विकेट समेत पुरा गरे ।

त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा उच्च स्कोर बनाउने क्रममा उसका लागि ट्राभिस हेडले १५२ रनको सानदार इनिङ खेले । त्यसअघि ओपनर डेभिड वार्नरले ९४ रन बनाउँदा मार्नुस लाबुसेनले ७४ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *