एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्दैछ । एमालेले १०औं राष्ट्रिय महाधिवेशनपछि पहिलो बैठक बोलाएको हो । बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

सचिव तामाङकाअनुसार बैठकले महाधिवेशनको समीक्षा, पोलिटब्यूरो गठन, स्थायी कमिटी गठनलगायतका विषयहरूको टुङ्गो लगाउने छ । ‘बैठकमा केन्द्रीय सल्लाहकार परिषद्, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीहरूको मनोनयनलगायतमा पनि छलफल गरेर आवश्यक निष्कर्षमा पुगिन्छ,’ तामाङले भनका छन् ।
एमालेको विधानअनुसार पोलिटब्यूरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने छ ।

विधान सम्पादन र नियमावली संशोधन, बैठक संचालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूचीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *