उम्मेदवार छु, रहन्छु : विश्वप्रकाश

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारमा आफू कायमै रहने बताएका छन् । मकालुखबरसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्त्ता शर्माले भने— ‘म उम्मेदवार छु र रहन्छु ।’

संस्थापन पक्षबाट महामन्त्रीका आकाङ्क्षी धेरै रहेको र नेता कृष्णप्रसाद सिटौला पक्षलाई पनि महामन्त्री पद नै दिनुपर्ने अवस्था रहेकोले देउवालाई आफ्नो टिममा महामन्त्रीलगायतको उम्मेदवार छनोट गर्न सकस भइरहेकाे छ ।

यसअघि देउवाले प्रवक्ता शर्मालाई ‘तपाईं सह-महामन्त्रीमा उठ्नुस्’ भनेर भनेका थिए । यद्यपि उनले आफूले दाबी नछाड्ने बताएका हुन् । शर्माले गत भदाै २४ गते सुन्दरीजल पुगेर महामन्त्री पदमा उम्मेदवारी दिने घाेषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *