प्रकाशमानको कार्यक्रमको तयारी (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता प्रकाशमान सिंहले केहीबेरपछि सभापतिको उम्मेदवारको हैसियतले अवधारणापत्र सार्वजनिक गर्दैछन् । अनामनगरस्थित यलम्बर पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि भव्य तयारी गरिएको छ ।

सिंहले संस्थापनइतर पक्षका अन्य नेताहरूसँगको छलफललाई बेवास्ता गर्न थालेका छन् । उनी आफ्नो अवधारणापत्र सार्वजनिक कार्यक्रममा व्यस्त हुँदा अन्य नेताहरूबीच भने बोहराटारमा साझा उम्मेदवार टुङ्ग्याउने प्रयासस्वरूप छलफल भइरेको छ ।

नेता सिंह अब एक्लै भएपनि अगाडि बढ्ने सुरमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *