ओलीले ढोका थुनेर विचार राख्‍न नदिएपछि एमाले छोडेँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनको खतरा रहेको चेतावनी दिएका छन् । शनिबार रुपन्देहीको बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् ।

अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै नेपालले सचेत रहनु पर्ने बताए । ‘इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको छ,’ उनले भने, ‘इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव छैन ।’

साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले झ्याल ढोका थुनेर विचार राख्न नदिएपछि एमाले छाड्नुपरेको बताए । ‘ओलीले एमालेलाई प्राइभेट कम्पनी बनाए । त्यसमा नअल्झिनुस् । मुक्त भइहाल्नुस् । ओली जी सुध्रदैनन्,’ उनले एमालेमा असन्तुष्ट भएकालाई भने, ‘दास भइरहने कि क्रान्तिकारी धारमा आउने । विचार गर्नुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *