कल्याण गुरुङले गरे सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मकालुखबरसँग गुरुङले भने— ‘मैले सभापति पदको लागि उम्मेदवारी दर्ता गरिसकेँ । मैले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएको हुँ ।’

कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । कांग्रेसको निर्वाचन समितिले प्रकाशित गरेको सूचनाअनुसार बिहान १० बजे शुरू भएको मनोनयन दर्ताको समय साँझ ५ बजे सकिने छ ।

यो समयावधिभित्र पदाधिकारीका आकांक्षी नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *