प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् । उनले मकालुखबरसँग भनिन्— ‘यो समावेशी टीम भएर यता लागेकी हुँ । सबैलाई सम्मान गर्छ यो टीमले । हाम जित्छौँ ।’

उनी सिंहको अवधारणापत्र सार्वजनिक गर्ने कार्यक्रमस्थल अनामनगरस्थित यलम्बर पार्टी प्यालेसमा पुगेकी छन् । संस्थापनइतर पक्षका नेता सिंहले केहीबेरपछि सभापतिको उम्मेदवारको हैसियतले अवधारणापत्र सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *