आफ्नो उपसभापति बन्न शशांकलाई देउवाको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालालाई आफ्नो प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिन आग्रह गरेका छन् । शनिवार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटार पुगेका शशांकलाई प्रधान मन्त्रीसमेत रहेका देउवाले यस्तो प्रस्ताव गरेका हुन् ।

संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी रहेका शशांक अहिले ‘रेस’ बाट पछाडि हटिसकेका छन् । यसपछि देउवाले शशांकलाई यस्तो प्रस्ताव गरेका हुन् । देउवानिकट एक नेताले भने, ‘त्यो प्रस्ताव प्रधान मन्त्रीज्यूले गर्नुभयो । उहाँबाट ठोस जबाफ आएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *