मेराे अवधारणामा ओलीले हतारमा टिप्पणी गरे : गगन

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफूले सार्वजनिक गरेको ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को अवधारणाप्रति एमाले अध्यक्ष ओलीले हतारमा टिप्पणी गरेको बताएका छन् ।  शनिवार सामाजिक सञ्जालमार्फत नेता थापाले आफ्नो अवधारणापत्र ओलीले पढेकोमा खुसी लागेको भन्दै टिप्पणीमा भने हतार गरेको बताएका हुन् ।

‘आदरणीय केपी ओलीज्यू, चौधौँ महाधिवेशनको पूर्वसन्ध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालः सम्मानित नेपाली’को अवधारणा तपाईँले पनि पढेको थाहा पाएर खुसी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ ।,’ उनले लेखेका छन् ।

१३औँ महाधिवेशनमै कांग्रेसको राजनीति अब ‘समुन्नत नेपालःसम्मानित नेपाली’को निर्माणमा निरन्तर नीति र कार्यक्रममार्फत अघि बढ्न आफूले निरन्तर प्रस्ताव गर्दै आएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *