देउवाको प्यानल फाइनल, उपसभापति र महामन्त्रीमा काे काे ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार टुङ्गाे लागेको छ । देउवा सभापतिमा उम्मेदवार रहने प्यानलको उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् ।

त्यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । पौडेल नेता कृष्णप्रसाद सिटौला पक्षबाट देउवा प्यानलमा परेका हुन् । यस्तै सह-महामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितबाट मानबहादुर विक, महिलाबाट डिना उपाध्याय, मधेशीबाट महेन्द्र यादव, खसआर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुश्लिमबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *