देउवाले पनि गरे सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा शेरबहादुर देउवाले पनि सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् । उनले समय घर्किन लाग्दा प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *