कांग्रेस सभापतिमा ६ नेताकाे उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका लागि ६ जना नेताले उम्मेदवारी दर्ता गरेका छन् । नेताहरु शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर काेइराला, कल्याण गुरुङ र युवराज न्याैपानेले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनाेनयन दर्ताको समय ताेकेकाे थियाे । साे समयसीमाभित्र देउवा, निधि, सिंह, काेइराला, गुरुङ र न्याैपानेले सभापति पदमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।

यस्तैगरी उपसभापतिमा ६ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्याश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

महामन्त्री पदमा मीनेन्द्रप्रसाद रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएकाे समितिले जनाएको छ । यस्तै सहमहामन्त्री पदमा २० जना नेताकाे उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङ्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी र डीना उपाध्याय छन् ।

आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको निर्वाचन आयाेगले जनाएकाे छ । यस्तै चुनाव साेमबार हुने छ ।

सूची हेर्नुस्:—

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *