पहिलो चरणमै सभापतिमा जित्ने शेखरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित्ने दाबी गरेका छन् । महाधिवेशनमा संस्थापनइतर समूहबाट उम्मेदवार बनेका कोइरालाले आइतबार बिहान नेता कार्यकर्ता तथा शुभेच्छुकहरूसँग यस्तो दाबी गरेका हुन् ।

आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने कोइरालाको दाबी छ । बीपीले परिकल्पना गरे जस्तो र सुवर्णशमशेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी निर्माण गर्न आफ्नो टिम सक्षम रहेको उनको भनाई छ ।

कांग्रेसमा आवश्यक रूपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरूको जित सुनिश्चित रहेको बताएका हुन् । उनले ऊर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिज्ञा पत्र सार्वजनिक गर्दै शेखरले भने – विवेकको मत प्रयोग गर्दै नयाँ नेतृत्व चयन गर्नुस्

‘कांग्रेसमा ठूलो परिवर्तन चाहिएकाले शेखरको प्यानलमा उभिएँ’

युवराजले लिए उम्मेदवारी फिर्ता, शेखरलाई सघाउने

 

प्रतिक्रिया

One thought on “पहिलो चरणमै सभापतिमा जित्ने शेखरको दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *