एमाले गण्डकीमा पदाधिकारी चयन‚ अध्यक्षमा शर्मा

पोखरा । नेकपा एमाले गण्डकीले पदाधिकारी चयन गरेको छ । पदाधिकारीहरूमा अध्यक्षमा नवराज शर्मा‚ उपाध्यक्षमा माेहन रेग्मी‚ सचिव धनञ्जय दवाडी‚ सहसचिवमा रश्मि आचार्य र मन्जु अधिकारी छन् ।

यही कमिटी अधिवेशनपछि पनि रहिरहने बताइएकाे छ । यसअघि प्रदेश कमिटीका पदाधिकारीहरू केन्द्रमा गएका छन् ।

खाली रहेकाे पदमा एमालेले पूर्ति गरेकाे हाे । महाधिवेशन भइसके पनि जिल्ला र प्रदेश अधिवेशन हुन अझै बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *