विश्वप्रकाशलाई समर्थन गर्दै कास्की सभापति बरालले भने- ‘गोप्य मतदानको मर्मलाई तिम्रो निम्ति उल्लङ्घन गरेँ’

काठमाडौँ । नेपाली कांग्रेस, कास्कीका सभापति किशोरदत्त बरालले पार्टीको जारी १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका नेता विश्वप्रकाश शर्मालाई खुला समर्थन गरेका छन् । सभापति बरालले एक संक्षिप्त भिडिओ नै बनाएर विश्वप्रकाशलाई समर्थन गरेका हुन् । मोटिभेटर र ट्रेनरसमेत रहेका बरालले विश्वप्रकाशलाई भनेका छन्, ‘गोप्य मतदानको मर्मलाई तिम्रा निम्ति उल्लङ्घन गरेँ ।’

बरालले विश्वप्रकाशलाई नेताहरूको रोजाइमा नपर्दा चित्त नदुखाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तिम्रो साथमा निर्णायक महाधिवेशन प्रतिनिधिहरू छन् । विवेक सर्लक्कै मरेको छैन । नेताहरूकाे राेजाइमा नपर्दा चित्त दुखाउनु पर्दैन ।’

बरालले गुटबिना बनेका उम्मेदवारहरू जितेपछि मात्रै कांग्रेस रुपान्तरण हुने ठोकुवा गरेका छन् । ‘गुटबिना पनि चुनाव जित्न सकिन्छ भन्ने थुप्रै उदाहरणहरू छन् समाजमा । ढुक्क बन, कांग्रेस बर्बाद भयो भन्नेहरू अग्निपरीक्षामा छन् ।’

बरालले आफूलाई आफैँले ढाँट्न नसकेको उल्लेख गर्दै विश्वप्रकाशका लागि हृदयबाटै लेखेको बताएका छन् । बरालकाे अभिमतप्रति विश्वप्रकाशले आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्— ‘काेही यसरी खुला समर्थनमा, काेही मौनसँग विद्रोह र परिवर्तनको पक्षमा ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *