शशांक देउवा क्याम्पमा जान ‘सकारात्मक’‚ टीमसँग छलफल गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सहयोग गर्ने सम्भावना बढेको श्रोतहरूले दाबी गरेका छन् ।

सभापतिका उम्मेदवार देउवा र महामन्त्री डा. कोइरालाबीच आइतबार बिहान बालुवाटारमा भएको भेटपछि शशांक देउवालाई सहयोग गर्न सकारात्मक भएको र अन्तिम एक चरण छलफल गरेर औपचारिक रुपमा जानकारी गराउने बताएको देउवा र कोइराला दुवै पक्षका नेताहरुले स्वीकारेका छन् ।

भेटमा देउवाले सहयोगको प्रस्ताव राखेको र प्रस्तावमा कोइराला सकारात्मक रहेको देउवा पक्षका नेताहरूको दाबी छ ।

देउवाले कोइरालालाई यसअघि नै आफ्नो प्यानलबाट उपसभापतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । मनोनयन दर्ता गर्ने दिन शनिबार पनि देउवाले अन्तिमसम्म उनलाई कुरेका थिए । तर‚ कोइरालाले देउवासँग नगई केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए । आइतबारको भेटमा यसबारेमा पनि छलफल भएको श्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *