शेखरकाे नजरमा देउवा ‘अधिनायकवादी’

काठमाडाैँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका नेता डा. शेखर कोइरालाले देउवालाई अधिनायकवादी भएकाे टिप्पणी गरेका छन् । आइतबार साँझ अनुपम फूडल्यान्डमा आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवालजबाफ गर्दै शेखरले यस्ताे टिप्पणी गरेका हुन् ।

यसअघि बिहान आयाेजित एक कार्यक्रममा सभापतिका अर्का प्रत्याशी शेरबहादुर देउवाले आफू चुनावमा हारे सरकार ढल्ने बताएका थिए । देउवाले आफ्नाे नेतृत्वमा सरकार बनेपछि अधिनायकवाद सकेकाे बताउँदै पुन: आफू हारे त्याे समय दाेहाेरिने बताउँदै महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई जिताइदिन अनुराेध गरेका थिए । यसप्रति लक्षित गर्दै शेखरले भने, ‘एउटा व्यक्ति सकिँदा वा हार्दा अधिनायकवाद आउँछ भन्ने सोच्नु नै अधिनायकवाद हो । त्यसरी साेच्ने नै अधिनायकवादी हाे ।’

शेखरले महाधिवेशनपछि सरकार झनै बलियाे हुने बताए । भने— ‘याे हाम्राे पार्टीकाे चुनाव हाे । सरकारकाे कुरा फरक हाे । महाधिवेशनपछि सरकार झनै बलियाे हुन्छ ।’

यस्तै उनले कांग्रेसकाे नेतृत्व परिवर्तन हुने ठाेकुवा गरे । भने— ‘नेपाली कांग्रेसकाे नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *