एमालेले तोक्यो प्रदेश इन्चार्ज र विभाग प्रमुख

काठमाडौँ । नेकपा एमालेले प्रदेश र विभागका प्रमुखहरू टुंग्याएको छ । आइतबारको केन्द्रीय कमिटी बैठकले आइतबार प्रदेश इन्चार्ज र पार्टीका विभागीय प्रमुख चयन गरेको हो ।

नयाँ जिम्मेवारीअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, बागमती प्रदेशमा काशीनाथ अधिकारी, गण्डकीमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

यस्तै विभागमा पनि नेताहरूलाई जिम्मेवारी तोकिएको एमालेले जनाएको छ; जसअनुसार ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख बनाइएको छ ।

यसैगरी, प्रदीप ज्ञवालीलाई स्कुल विभाग, युवराज ज्ञवालीलाई स्थानीय तह, प्रदेश र संघ समन्वय विभाग, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय विभाग, रामबहादुर थापालाई राष्ट्रिय सुरक्षा विभाग, विष्णु पौडेललाई पार्टी संगठन अनुगमन विभाग, सुवास नेम्वाङलाई संसदीय मामिला विभाग, सुरेन्द्र पाण्डेलाई राजकीय मामिला विभागको जिम्मेवारी दिइएको छ ।

यस्तै, प्रचार विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, लेखा विभाग प्रमुखमा विष्णु रिमाल र स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा योगेश भट्टराई र संगठन विभाग प्रमुखमा खगराज अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

कार्यालय सचिवको जिम्मेवारी भीष्म अधिकारीले पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *