नेपाली नागरिकता त्यागेका जमसेद कांग्रेस महाधिवेशन प्रतिनिधि !

काठमाडौँ । नेपाली नागरिकता त्यागेका जमसेद खाँ नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि  रहेको भन्दै उजुरी परेकाे छ । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका जमसेदले यसअघि नै नेपाली नागरिकता त्यागेकाे भएपनि उनी महाधिवेशन प्रतिनिधि चुनिएकाे दाबीसहित महाधिवेशनका प्रत्याशी फिराेज खाँले कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा भनिएकाे छ, ‘मुस्लिम कलष्टरबाट हामी दुईजनाकाे मात्रै उम्मेदवारी परेकाे र पछि उनी निर्वाचित भएकाेमा उनी गैरनेपाली नागरिक हुँदा मलाई साेही स्थानमा बहाली गरियाेस् ।’

||फिराेजले नेपाली नागरिकता त्याग्न जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा निवेदन दिएपछि प्रशासनले नागरिकता शाखालाई पठाएकाे जानकारीकाे अभिलेख||

निर्वाचन समितिमा दिएको उजुरीमा फिरोजले भनेका छन्, ‘कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मिति २०७८ मंसिर ८ गते भएको कपिलवस्तु क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको निर्वाचनमा मैले समावेशी मुस्लिम कलष्टरतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार मनोनयन गरेको र सोही कलष्टरमा ऐ.ऐ. ठेगाना उल्लेख गरी उमर फारुक पठान खाँका जमसेद खाँ [क्रियाशील सदस्यता न. ९५५१०११०३०९०००६१/१३–१४०] ले पनि उम्मेदवारी दिएको र उक्त कलष्टरमा हामी दुईजना मात्र उम्मेदवार प्रतिस्पर्धी भएकोमा निर्वाचन कार्यतालिकाबमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपश्चात् भएको मतदानबाट जमशेद खाँ निर्वाचित भएका हुन् । जो नेपाली नागरिक नै होइनन् ।’

तर, आफ्नो उजुरीबारे निर्वाचन समितिले सुनुवाइ नगरेको उनको गुनासो छ । ‘मैले नेपाली नागरिकता त्यागेको स–प्रमाण राखेर उजुरी दिँदासमेत सुनुवाइ भएन,’ उनले मकालुखबरसँग भनेका छन् ।

फिरोललाई निर्वाचन समितिले ‘उनैलाई प्रतिनिधि बनाउने निर्णय भएको छ’ भनेर सुनाएको र आफू नाजबाफ भएको सुनाए । ‘मलाई उनलाई [जमसेद खाँ] लाई नै प्रतिनिधि बनाउने निर्णय भएका छ भनेर भनियो, म नाजबाफ भएँ,’ उनले भनेका छन् ।

|खाँकाे महाधिवेशन प्रतिनिधि कार्ड|

खाँले ०६६ माघ ७ मा नेपालको नागरिकता त्यागेका थिए । त्यसबारे अभिलेख जिल्ला प्रशासन कार्यालय, कविपलवस्तुको नागरिकता शाखामा समेत छ । खाँले नागरिकता त्याग्ने विषयको निवेदन दिएपछि प्रशासनले निर्णय गर्दै नागरिकता शाखालाई पठाएको पत्रमा भनिएको छ, ‘कार्यालयमा निवेदन दिएकाले निजको नाममा यस कार्यालयबाट जारी भएको नागरिकता प्रमाणपत्र नं. १/२१४ मिति ०४८ भदौ ७ गते वंशजको आधारमा लिएको नागरिक परित्याग गरेको व्यहोरा अभिलेखमा जनाउनहुन मिति ०६६ माघ १० को मिति हुनाले अनुरोध गरिन्छ ।’

गृह मन्त्रालय र स्वयम् जमसेदलाई पनि दिइएको पत्रको बोधार्थमा जमसेदको ठेगाना भारत, जिल्ला सिद्धार्थनगर, वर्डपुर नं. १, थाना कपिलवस्तु उल्लेख गरिएको छ ।

‘भारतमा नागरिकता नलिएको प्रमाण ल्याउन सकेनन्’

जमसेदले आफूसँग नेपाली नागरिकता रहेको बताउने गरेको तर, उनीसँग नागरिकता भने पुरानो मात्र रहेको दाबी कपिलवस्तुका अर्का एक महाधिवेशन प्रतिनिधिले गरे । नाम नलेख्दिन अनुरोध गर्दै उनले जमसेदले नेपाली नागरिता त्याग्नेबारेको निवेदन दिएको केही समयपछि नै पुनः नेपाली नागरिकता पाऊँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा जिल्ला प्रशासन कार्यालयले ‘नेपालमा नागरिकता त्यागिसकेकाले भारतीय नागरिकता नलिएको प्रमाण पेश गर्न’ भनेको तर, जमसेदनले नसकेको दाबी गरेका छन् ।

भारतमा नेपालको वडास्तरको जस्तै मानिने बीडीसीको चुनावमा उम्मेदवार बन्नका लागि नेपाली नागरिकता त्यागेको र उनले भारतमा चुनाव नै जितेको भए पनि त्यसको प्रमाण भने आफूहरूसँग नभएको फिरोजले बताए ।

फिराेजले निर्वाचन समितिमा बुझाएकाे जमसेदविरुद्धकाे निवेदन यस्ताे छ:—



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *