भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन
मकालु खबर
२०७८ मंसिर २६ गते
नयाँ दिल्ली । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट सङ्क्रमित हुनेको संख्या ३५ पुगेको छ ।
पन्जाबको चण्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आयरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरू दुवै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।
मकालु खबर
२०७८ मंसिर २६ गते
प्रतिक्रिया