एमबाप्पेको दुई गोलमा पिएसजीको जित

काठमाडाैँ । फ्रेन्च लिग वानमा एम्बापेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले आफ्नो अग्रता फराकिलो पारेको छ । आइतबार राति भएको खेलमा पिएसजीले मोनाकालाई २-० ले पराजित गर्दै उपाधि होड समेत बलियो बनायो ।

पिएसजीका लागि एम्बाप्पेले १२ औँ मिनेटमा पहिलो गोल गरे । एन्जेल डि मारियालाई जिब्रिलले फल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए । पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा एम्बापेले ४५ औँ मिनेटमा लिग वान करिअरमा एक सयौँ गोल पुरा गरे । उनले लियोनेल मेसीको पासलाई सदुपयोग गर्दै दोस्रो गोल सम्भव बनाए ।

दोस्रो हाफमा मेसीका केही उत्कृष्ट प्रहार सफल हुन सकेनन् । त्यसो त मोनाकाले पनि गोलका केही अवसरमा गोल गर्न चुकेको थियो । जितसँगै पिएसजीले लिग अंक तालिकामा दोस्रो स्थानको मारसेलीसँग १३ अंकको अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ भने एक खेल कम खेलेको मार्सेली ३२ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *