‘शशांकको समर्थन शेखरलाई नै’

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । मतदानको समयसम्म उम्मेदवारहरुले आफ्नो पक्षमा मत मागिरहेका छन् ।

सभापतिका ५ उम्मेदवार छन् । निवर्तमान सभापति समेत रहेका शेरबहादुर देउवाले बीपी पुत्र डा. सशांक कोइरालालाई फकाउन बालुवाटारमा बैठक बोलाए । शशांकले स्वकीय सचिव भरत तिवारी लिएर बालुवाटारमा प्रधानमन्त्रीसँग भेटे । उनले सहयोग गर्ने आश्वासन पनि दिएको स्रोतले जनाएको छ ।

देउवा भेटेको र सहयोगको आश्वासन दिएको समाचार सार्वजनिक भएपछि उनका स्वकीय सचिव भरत तिवारीले भने आफूहरूले डेढ महिनादेखि देउवालाई नभेटेको दाबी गरेका छन् । ‘डेढ महिना भयो उहाँलाई नभेटेको । बाहिर आएका होहल्लाहरू निराधार हुन्,’ उनले भने, ‘डा. सावको समर्थन शेखर टीमलाई नै हो ।’

याे‍ पनि : देउवा-सिटौला प्यानलमा शशांकको नाम (सूचीसहित)

अरू पक्षले नाम राख्दा भने आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उनले सुनाए । ‘प्रकाशमानको टीमबाट पनि फोन आएको थियो । निधीकोबाट पनि आयो । देउवाका मान्छेहरूले पनि नाम राख्छु भन्नुभयो । नाम नराख भन्न किन पर्‍यो र ?,’ उनी भन्छन्, ‘सहयोग चाहिँ शेखरतिरै हुन्छ ।’

शशांक आफै भने कुनै पनि प्यानलमा खुलेका छैनन् । तिवारीले नभेटेको दाबी गरेपनि आइतबार बालुवाटारमा शशांक र देउवाको भेट भएको थियो । भेटका तस्बिरहरू मकालुखबरले प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *