माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् । आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेको छ ।

सचिवमा सुरेन्द्र बस्नेत चुनिँदा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए । निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलकाअनुसार १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन भएको हो । आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *