बुवाले देउवालाई समर्थन गरेको भन्ने दाबी झुटो हो : चिन्तन पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले आफूहरूले सभापतिमा शेरबहादुर देउवालाई समर्थन नगरेको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना बुवाले सभापति पदका उम्मेदवार देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले आफ्नै (चिन्तनको) भनाइ भनेर सञ्चारमाध्यमलाई दिएको जानकारी गलत भएको भन्दै उनले खण्डन गरे । ‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमपूर्ण हो । यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ बस्नु भएको छ’, उनले भनेका छन्, ‘मैले भनेको भनी गरिएको प्रचार भ्रमपूर्ण छ । गलत कुराको प्रचार नगर्न अनुरोध गर्दछु ।’

याे पनि : शेखरलाई रामचन्द्रले दिए जितको शुभकामना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *