एट्लेटिकोमाथि रियलको सहज जित

काठमाडाैँ ।  स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रडिलाई २-० ले पराजित गर्दै सहज जित निकालेको छ । रियलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोलाई पराजित गर्दे रियलले उपाधि होडमा एकपछिय अग्रता जारी राखेको छ ।

रियलले लालिगामा लगातार १० औ जित निकाल्ने क्रममा १६ औ मिनेटमा करिम बेन्जामाको गोलमार्फत खेलमा अग्रता लिएको थियो । भिनिसियस जुनियरको क्रसलाई बेन्जामाले आकर्षक भलिमार्फत पोस्टको दिशा दिएका थिए । दोस्रो गोल पनि जुनियरकै पासमा मार्को एसोन्सियोले ५७ औ मिनेटमा संभव बनाए ।

साविक च्याम्पियन एट्लेटिको पराजित भएसँगै रियल भन्दा १३ अंकले पछि परेको छ । रियल कार्लो एन्सेलोटीको प्रशिक्षणमा पछिल्लो २३ खेलमा २ खेलमा पराजित भएको छ । पछिल्लो पटक ३ अक्टोबर मा पराजित भएयता रियल अपराजित रहेको छ ।

रियल विरुद्ध एट्लेटिकोले गोलका केहि सिमित अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । जारी सिजन स्पेनिस ला लिगामा रियलले उपाधि होड सर्वाधिक बलियो बनाएको छ । लिगमा रियलको १७ खेलबाट ४२ अंक भएको छ । एक खेल कम खेलेको सेमिल्ला ३४ अंकका साथ दोस्रो स्थानमा रहँदा रियल बेटिस ३३ अंकका साथ तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको २९ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *