प्रधान मन्त्री देउवा कांग्रेस मतदान स्थलमा

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधान मन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् ।

केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् । नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *