कांग्रेस महाधिवेशन : शेखर कोइरालाले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् ।

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *