गगन भन्छन्- म यहाँसम्म आइपुग्न विश्वप्रकाश शर्माको ठूलो हात छ

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले आफ्नो राजनीतिक जीवनमा विश्वप्रकाश शर्माको ठूलो भूमिका रहेको बताएका छन् ।

मतदानस्थलमा पत्रकारहरूसँग उनले विश्वप्रकाश शर्माप्रति आभार प्रकट गर्दै उनले भने‚ ‘म उहाँप्रति आभारी छु । म आज यो अवस्थामा पुग्न विश्वप्रकाश शर्माको ठूलो मद्दत छ, योगदान छ । म उहाँसँगै काम गरेको मान्छे ।’

तपाईँ महामन्त्रीमा अर्को मत कसलाई दिनुहुन्छ त भन्ने मकालुखबरको प्रश्नमा उनले आफू प्यानलको उम्मेदवार रहेकाले आफूले महामन्त्रीमा अर्को मत आफ्नै प्यानलका डा. मिनेन्द्र रिजाललाई मत दिने बताए ।

‘समूहबाट चुनावमा जाँदै गर्दा त्यसका सीमाहरू छन्‚’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *