सभापतिमा कसैले बहुमत नल्याए मंगलबार पुन: मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुरुमा सभापति पदको मात्र मतगणना हुने भएको छ । मतदान सकिएपछि केही प्राविधिक कुराहरु सकेर राती १ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ । शुरुमा सभापतिको मात्र मतगणना  गरिने र मतगणना राष्ट्रिय सभा गृहमै हुने निर्वाचन समितले जनाएको छ ।

सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने विधान रहेका कारण शुरुमा सभापतिको मात्र मतगणना गर्ने तयारी गरिएको समितिले जनाएको छ । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच सभापतिको लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ ।

पहिलो चरणमा कसैले ५० प्रतिशत नकटाए मंगलबार पुनः दोस्रो चरणको मतदान गर्ने तयारी छ ।

सभापतिको नतिजा टुंग्याएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने र मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने समितिले जनाएको छ । सबै पदको अन्तिम परिणाम आउन कम्तीमा १ साता लाग्ने पनि निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *