मतगणनाको तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना शुरु गर्ने तयारी लगभग सकिएको छ ।

राती १ बजेबाट गणना शुरु गर्ने तयारी गरेपनि मुचुल्का, मतपेटिका संकलन सीसीटीभी जडान लगायतका काम सक्दा केही ढिलो भएको निर्वाचन समितिले जनाएको छ । मतगणनास्थलमा पाँचवटा सीसीटीभी जडान गरिएको छ । भृकुटीमण्डपका बुथका मतपेटिका पनि सभागृहमा पुर्याइएको छ ।

जम्मा ८७ वटामध्ये सभापतिको मतपत्र राखिएका ८४ वटा मतपेटिका सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा लगिएको छ । अहिले मतगणनास्थलमा उम्मेदवार र उनीहरूका प्रतिनिधि पुगिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *