सभापतिमा देउवाको अग्रता कायम, पच्छ्याउँदै शेखर

काठमाडौँ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म ८०० मत गनिसक्दा देउवाले ३८७ मत पाएका छन् ।

त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले २९५  मत प्राप्त गरेका छन् । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो ।

सोमबार भएको मतदानमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *