देउवाले फेरि बढाए शेखरसँग मतान्तर (अपडेट)

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए ।

अहिलेसम्म २२ सय मत गणना हुँदा देउवाले १०५१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७९३ मत प्राप्त गरेका छन् । बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो ।

सोमबार भएको मतदानमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *