बैंक अफ काठमाण्डूका कार्डबहाकलाई सस्तोडिलमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरूले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् ।

प्रविधिको युगसगैं अनलाइन मार्फत आफूलाई आवश्यक विभिन्न समानहरू खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डवाहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३ हजारसम्मको विशेष छुटको योजना ल्याएको जनाएको छ ।

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिख सम्म सञ्चालन गर्न लागेको छ ।

जस अन्तर्गत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डवाहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रतिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुटको सुविधा पाउनेछन् ।

यो योजनामा बैंकको कार्डवाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३ हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *