सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजबाट शुरु हुने संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाएको छ ।

एमाले सचेतक शान्ता चौधरीकाअनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ ।

एमालेले अघिल्लो अधिवेशनको पुरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । पार्टीले माधव नेपाल सहित १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टास्नुपर्ने एमालेकोे माग छ । अहिले पनि यो मागमा पार्टी कायमै रहेको सचेतक चौधरी बताउँछिन ।

माग पुरा नभएका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुने उनले जानकारी दिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *