दाेस्राे चरणकाे मतदानमा जाने शेखरकाे निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका डा. शेखर कोइरालाले दोस्रो चरणको चुनावमा जाने निष्कर्ष निकालेको छन् । सभापतिका बाँकी प्रतिस्पर्धीहरू शेरबहादुर देउवाको पक्षमा खुलेपछि बसेको कोइराला पक्षका नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणको एजेन्डालाई कमजोर हुन नदिने बताएको एक नेताले जानकारी दिए । उनले कांग्रेस प्रतिनिधिलाई अन्तरमनको आवाज सुनेर भोट हाल्न आह्वानसमेत गरेका छन् ।

शेखरले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् । आज कांग्रेस सभापतिका लागि दोस्रो चरणको चुनाव दिउँसो साढे ३ बजेदेखि हुँदैछ । तर, चुनावमा कोइरालाभन्दा देउवा बलिया देखिएका छन् ।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई नै समर्थन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *