महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा सञ्चालित उक्त शिविरमा कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निश्शुल्क परीक्षण गरिएको छ । यस निःशुल्क स्वास्थ्य शिविरबाट करिब १०० जना लाभन्वीत भएको कुरा बैंकले जनाएको छ ।
उक्त अवसरमा विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागी केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी दिए ।
साथै काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मोहन बहादुर विष्टले बैंकको कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।