एमालेकाे नाराबाजीका बीच ६ अध्यादेश पेस

काठमाडाैँ । प्रतिनिधि सभाकाे बैठकमा ६ वटा अध्यादेश पेस भएका छन् । एमाले सांसदहरूकाे नाबाराजीका बीच अध्यादेशहरू पेस भएका हुन् ।

मंगलबार बाट शुरू भएको १०‍औं अधिवेशनको पहिलो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी [कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय] अध्यादेश पहिलो संशोधन, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ [नियमन] अध्यादेश, २०७८, सामाजिक सुरक्षा [पहिलो संशोधन] अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।

मन्त्री बडूले अध्यादेश पेस गरिरहँदा एमाले सांसदको नाराबाजी चलिरहेको थियो । आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

संसद्‌काे ९औं अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । मंगलबारबाट शुरू भएको १०औं महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *