शशांक पनि देउवाकै समर्थनमा

काठमाडाैँ । नेपाली कांग्रेसका नेता शशांक काेइरालाले पनि शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् । प्रधान मन्त्रीसमेत रहेका सभापति देउवाकाे निम्ताेमा बालुवाटार पुगेका शशांकले नयाँ नेतृत्व चयनकाे दाेस्राे चरणकाे मतदानमा देउवालाई नै समर्थन गर्ने भएका हुन् ।

पहिलाे चरणकाे निर्वाचनबाटै सभापतिकाे दाैडबाट बाहिरिएका नेतात्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले पनि देउवाकै समर्थन जनाएका छन् । यद्यपि मतदानमा जाने शेखरपक्षीय बैठकले निष्कर्ष निकालेकाे छ ।

पहिलाे चरणकाे मतदानमा सभापति बन्नयाेग्य मत देउवा र शेखर कनैले ल्याएनन् । यसपछि मतदान दाेस्राे चरणमा गएकाे हाे । पहिलाे चरणमा देउवाकाे पक्षमा २२५८ मत पर्दा शेखरसँग १७०२ मत खसेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *