कांग्रेस निर्वाचन:

सभापति चयनका लागि दाेस्राे चरणकाे मतदान शुरू

काठमाडाैँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत चाैथाे दिनकाे बन्दसत्रमा सभापति चयनका लागि दाेस्राे चरणकाे मतदान शुरू भएकाे छ । मंगलबार दिउँसो साढे ३ बजेबाट मतदान शुरू भएकाे हाे । मतदानका लागि साँझ साढे ७ बजेसम्मतकाे समय तय गरिएकाे कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।

मतदानका लागि कांग्रेस महाधिवेशन प्रतिनिधिहरू राष्ट्रिय सभागृह बाहिर लाइनमा बसेका छन् । राष्ट्रिय सभागृह बाहिर प्रदर्शनी मार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । प्रहरीले महाधिवेशन प्रतिनिधिहरूलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएकाे छ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दाेस्राे चरणकाे मतदान शुरू भएकाे छ । दाेस्राे चरणमा शेरबहादुर देउवा र डा. शेखर काेइरालाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । पहिलाे चरणकाे मतदानमा देउवाले २२५८ मत ल्याउँदा शेखरले १७०२ मत मात्रै ल्याएका थिए ।

अहिले पनि देउवाकाे जित लगभग सुनिश्चितप्राय: देखिएकाे छ । विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ, शशांक काेइरालालगायतका नेताहरूले पनि देउवालाई नै समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *