हृदयेशले गरे नयाँ दलको घोषणा, प्राथमिकतामा कृषि

काठमाडौँ । मधेसी पार्टीबाट अलग भएर स्वतन्त्र रूपमा राजनीतिक गतिविधि गर्दै आएका हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै त्रिपाठीले जनता प्रगतिशिल पार्टीको घोषणा गरेका हुन् ।

पार्टी घोषणा सभामा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व अर्थसचिव रामेश्वर खनाललगायतकाे उपस्थिति थियो । घोषणा सभामा नयाँ दलको घोषणापत्र समेत सार्वजनिक गरिएको छ ।

घोषणा पत्रमा कृषि र पर्यावरणलाई प्राथमिकता दिइएको छ । विचारधारा के हुने भन्नेबारे चाहिँ केही प्रष्ट पारिएको छैन । उनले अब पार्टीलाई थप विस्तार गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *