२६५७ मतगणनामा देउवा १५९८, शेखर १०३८
मकालु खबर
२०७८ मंसिर २९ गते
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाले सुरुदेखि नै अग्रता लिएका छन् । सुरुवाती मत परिणाममा देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाएका छन् ।
जारी मतगणनामा अहिलेसम्म २६५७ मत गणना हुँदा शेरबहादुर देउवाले १५९८ मत प्राप्त गरेका छन् भने कोइरालाले १०३८ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।
मकालु खबर
२०७८ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित