बार्सिलोनालाई नेपोली प्रतिद्धन्द्धी

काठमाडाैँ । च्याम्पियन्स लिग फुटबलको समूहचरणबाटै बाहिरिएको स्पेनिस क्लब बार्सिलोनाले युरोपा लिगको अन्तिम १६ का लागि हुने ‘प्ले अफ’ मा इटालियन क्लब नेपोलीसँग गर्ने भएको छ । सोमबार राति स्वीट्जरल्यान्डमा भएको प्ले अफ ‘ड्र’  मा बार्साले बलियो प्रतिद्वन्द्वी पाएको हो ।

नेपोली युरोपा लिगमा आफ्नो समूहमा दोस्रो भएर प्लेअफमा पुगेको हो । नकआउट चरणको प्लेअफमा स्पेनका चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । बार्सिलोना र सेभिया च्याम्पियन्स लिगबाट तथा रियल सोसिडाड र रियल बेटिस युरोपा लिगमा दोस्रो भएर प्ले अफमा पुगेका हुन् ।

बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’मा तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो । बार्सिलोनाको समूहबाट जर्मन टिम बार्यन म्युनिख समूह विजेता तथा बेनफिका समूह उपविजेताका रूपमा च्याम्पियन्स लिगको नकआउटमा स्थान बनाउन सफल भएका थिए ।

युइएफएले युरोपा लिगको समूह चरणमा दोस्रो भएको टोली र च्याम्पियन्स लिगको समूह चरणबाट तेस्रो हुँदै बाहिरिएका टोलीसँग अन्तिम १६ का लागि प्लेअफ खेल्ने पर्ने छ । जसका लागि सोमबार ‘ड्र’ सार्वजनिक गरिएको हो ।

प्ले अफको खेलहरू दुई लेगमा हुनेछ । प्लेअफ राउन्डको विजेताले युरोपमा लिगको अन्तिम १६ मा स्थान बनाउने छ। त्यसपछि पुन नकआउट चरणको ड्र सार्वजनिक गरिने छ। प्ले अफको पहिलो लेग १७ र दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ।

नकआउट चरणका लागि यस्तो छ ‘प्ले अफ’ ड्र
सेभिया-डेनामो
एटलान्टा-ओलम्पियाकोस
आरबी लाइप्जिङ-रियल सोसिडाड
बार्सिलोना-नेपोली
जेनिथ-रियल बेटिस
बोरुसिया डर्टमुन्ड-रेन्जर्स
सेरिफ-ब्रागा
पोर्टो-लाजियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *